नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २४ भदौमा भएको भीषण आगलागीपछि विपन्न नागरिकको उपचारका लागि आवश्यक रकम निकासा लगायत विभागका धेरै महत्वपूर्ण कामहरु ठप्प भएका छन्। मन्त्रालयमा रहेको सम्पूर्ण कागजात तथा फाइलहरु जलेर नष्ट भएपछि निर्णय प्रक्रिया रोकिएको हो।
आगलागीका कारण मन्त्रालयले गर्नुपर्ने नियमित खरीद प्रक्रिया, स्वास्थ्य सेवा सम्बन्धी योजनाहरुको स्वीकृति र विपन्न वर्गलाई स्वास्थ्य सहायता प्रदान गर्ने कार्यसमेत प्रभावित भएको छ।
स्वास्थ्य सेवा विभागले अहिले ती नष्ट भएका फाइलहरुको प्रतिलिपि संकलन गरी पुनः मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ।
विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीका अनुसार मन्त्रालयमा पठाइएका धेरै आवश्यक फाइलहरु आगलागीमा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। तीमध्ये केही फाइलहरुको कपी खोजी गरेर अहिले पुनः मन्त्रालयलाई उपलब्ध गराउने प्रयास भइरहेको छ। साथै, मन्त्रालयले माग गरेका अन्य कागजातहरुको पनि खोजी कार्य तीव्र पारिएको बाराकोटीले जानकारी दिनुभयो।
उक्त आगलागीले मन्त्रालयको मूल भवन पूर्ण रूपमा ध्वस्त बनाएको छ। प्राविधिक टोलीको प्रारम्भिक मूल्यांकन अनुसार अब उक्त भवन प्रयोगमा ल्याउन सकिने अवस्था छैन। यस्तो अवस्थामा मन्त्रालय सञ्चालनका लागि वैकल्पिक स्थानको खोजी भइरहेको छ।
स्वास्थ्य सचिव डा. विकास देवकोटा मन्त्रालयलाई सिंहदरबार परिसरमा स्थानान्तरण गर्नुको विकल्प नरहेको बतानुहुन्छ। उहाँका अनुसार संसदका नयाँ भवनहरु निर्माणको अन्तिम चरणमा रहेका र केही पुराना भवनहरु अझै प्रयोग योग्य अवस्थामै रहेका कारण मन्त्रालयलाई त्यहीँ सार्ने पहल भइरहेको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

