नेपाल हेल्थ न्युज, काठमाडौं । चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ। ४० वर्षीया सुवेदीको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
चितवन स्थायी घर भएकी सुवेदी ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको बिगत एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन् ।
एक खुट्टाले नाचेर धेरैको मन जित्न सफल सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक थिइन्। उनी मिस इन्टरनेसनल २०२३ मा सहभागी भएकी थिइन्। साथै उनी प्रेरक वक्ता, गायिका, तथा कथक नृत्यमा इन्टरमिडिएट स्तरको स्वर्ण पदक विजेता पनि थिइन्।
सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दर्जनौँ नृत्य प्रस्तुति दिएकी छन्। उनको अन्त्येष्टि मंगलबार नै गरिने पारिवारिक स्रोतले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
