नेपाल हेल्थ न्युज, काठमाडौं । चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ। ४० वर्षीया सुवेदीको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
चितवन स्थायी घर भएकी सुवेदी ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको बिगत एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन् ।
एक खुट्टाले नाचेर धेरैको मन जित्न सफल सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक थिइन्। उनी मिस इन्टरनेसनल २०२३ मा सहभागी भएकी थिइन्। साथै उनी प्रेरक वक्ता, गायिका, तथा कथक नृत्यमा इन्टरमिडिएट स्तरको स्वर्ण पदक विजेता पनि थिइन्।
सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दर्जनौँ नृत्य प्रस्तुति दिएकी छन्। उनको अन्त्येष्टि मंगलबार नै गरिने पारिवारिक स्रोतले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
