नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागले गर्भवती महिलालाई वितरणका लागि खरिद गर्न लागिएको आइरन फोलिक एसिड ट्याबलेट सम्बन्धी बोलपत्रमा गम्भीर अनियमितता र सिन्डिकेटको आरोप लागेको छ। यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दर्ता गरिएको छ।
उजुरी अनुसार औषधि उत्पादन गर्ने केही कम्पनीहरूले (जस्तै क्युरेक्स फर्मास्युटिकल्स, नोभा जेनेटीका र टौरस फर्मा) बजारमा मिलेमतो गरेर प्रतिस्पर्धी कम्पनीलाई रोक लगाउने, आवश्यक कागजात उपलब्ध नगराउनेजस्ता कदम चालेका छन्। यसले निष्पक्ष प्रतिस्पर्धा विथोलिएको, पारदर्शितामा प्रश्न उठाएको र सार्वजनिक हितविपरीत भएको भन्दै बोलपत्र प्रक्रिया तत्काल रोक्न माग गरिएको छ।
उक्त औषधि खरिदका लागि विभागले गत ३० साउनमा सार्वजनिक बोलपत्र आह्वान गरेको थियो। तर, यो प्रक्रियामा ‘सिन्डिकेट’ मार्फत एकाधिकार कायम गर्ने प्रयास भएको भन्दै सरोकारवाला कम्पनीहरूले उजुरी दिएका हुन्।
उजुरीमा भनिएको छ, “स्वास्थ्य सेवा विभागजस्तो संवेदनशील निकायबाट हुने औषधि खरिद पूर्ण रूपमा पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही हुनुपर्छ। तर हाल देखिएको प्रक्रिया सुशासनका मापदण्ड विपरीत छ।”
अनियमितता भएको दाबी गर्दै उजुरीकर्ताहरूले हालको बोलपत्र प्रक्रिया रद्द गरी नयाँ, निष्पक्ष र सबै कम्पनीलाई समान अवसर दिने तरिकाले प्रक्रिया सुरु गर्न माग गरेका छन्।
सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा हुने खरिद प्रक्रिया निष्पक्ष नहुँदा जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै सरोकारवालाले गम्भीर चासो व्यक्त गरेका छन्।

भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क सफल शल्यक्रिया
सोमबार, वैशाख २१, २०८३
दुई दिनको बिदापछि सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
सोमबार, वैशाख २१, २०८३
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३

