नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागले प्रमुख पाँच अस्पतालहरूमा अत्याधुनिक ‘थ्रिडी म्यामोग्राफी’ मेसिन वितरण गरेको छ। यो मेसिन स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि एक महत्वपूर्ण उपकरण मानिन्छ।
विभागका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा पाँच थान थ्रिडी म्यामोग्राफी मेसिन खरिद गरेर देशका प्रमुख अस्पतालहरूमा पठाइएको हो।
ती अस्पतालहरूमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, निजामती कर्मचारी अस्पताल काठमाडौं, नारायणी अस्पताल वीरगन्ज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रहेका छन्। यी अस्पतालहरूले अब मेसिन जडान गरेर सेवा सुरु गरिसकेका छन्।
यसअघि काठमाडौं उपत्यकाबाहिर थ्री डी म्यामोग्राफी मेसिन उपलब्ध नभएको कारण महिलाहरूलाई यस्तो सेवा प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो। अब भने, उक्त प्रविधि उपलब्ध भएपछि, काठमाडौं बाहिरका महिलाहरूलाई स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सजिलो भएको छ।
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
