नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागले प्रमुख पाँच अस्पतालहरूमा अत्याधुनिक ‘थ्रिडी म्यामोग्राफी’ मेसिन वितरण गरेको छ। यो मेसिन स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि एक महत्वपूर्ण उपकरण मानिन्छ।
विभागका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा पाँच थान थ्रिडी म्यामोग्राफी मेसिन खरिद गरेर देशका प्रमुख अस्पतालहरूमा पठाइएको हो।
ती अस्पतालहरूमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, निजामती कर्मचारी अस्पताल काठमाडौं, नारायणी अस्पताल वीरगन्ज र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रहेका छन्। यी अस्पतालहरूले अब मेसिन जडान गरेर सेवा सुरु गरिसकेका छन्।
यसअघि काठमाडौं उपत्यकाबाहिर थ्री डी म्यामोग्राफी मेसिन उपलब्ध नभएको कारण महिलाहरूलाई यस्तो सेवा प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो। अब भने, उक्त प्रविधि उपलब्ध भएपछि, काठमाडौं बाहिरका महिलाहरूलाई स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सजिलो भएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
