नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिले करार सेवाका लागि आवस्यक पदपूर्तिको प्रक्रियाअन्तर्गत लिखित परीक्षा संचालनको तालिका सार्वजनिक गरेको छ।
अस्पतालले यसअघि मिति २०८२ साल असोज ८ गते विभिन्न पदहरूमा कर्मचारी आवश्यक सम्बन्धी सूचना प्रकाशित गरेको थियो। सोही अनुसार ल्याब टेक्निसियन (पाँचौं तह), फार्मेसी सहायक (पाँचौं तह) तथा ल्याब असिस्टेन्ट (चौथो तह) पदमा करार सेवाका लागि छनोट गर्न लिखित परीक्षा संचालन गर्न लागिएको हो।
यस परीक्षालाई परोपकार नर्सिङ क्याम्पस, कुपण्डोलमा संचालन गरिनेछ। फार्मेसी सहायक र ल्याब असिस्टेन्ट दुवै पदको परीक्षा २०८२ साल असोज ३० गते विहीबार बिहान ८ः०० बजे हुनेछ भने ल्याब टेक्निसियन पदको परीक्षा सोही मितिमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
परीक्षामा सहभागी सबै उम्मेदवारहरूलाई अनिवार्य रूपमा प्रवेशपत्र साथमा ल्याउन अनुरोध गरिएको छ। साथै, फोटोसहितको परिचयपत्र पनि परीक्षा केन्द्रमा अनिवार्य रूपमा देखाउनु पर्नेछ। परीक्षा केन्द्रभित्र स्मार्ट वाच, मोबाइल फोन, क्याल्कुलेटर लगायत विद्युतीय उपकरणको प्रयोग निषेध गरिएको छ।
सबै परीक्षार्थीले तोकिएको सिट प्लान अनुसार निर्धारित स्थानमा बसेर मात्र परीक्षा दिनुपर्नेछ। साथै, परीक्षा केन्द्रमा कुनै पनि प्रकारको अभद्र व्यवहार वा भाषा प्रयोग गर्न पाइने छैन र यस्तो गरेमा परीक्षाबाट हटाउने कारबाही गरिनेछ।
परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा संचालन गर्न अस्पताल प्रशासनले सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

