नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मा वीर अस्पताल निरीक्षण गर्नुभएको छ। उहाँले अस्पतालको सेवा–सुविधा, चिकित्सकको दक्षता र उपलब्ध आधुनिक उपकरणप्रति सन्तुष्टि व्यक्त गर्दै सर्वसाधारणलाई सरकारी अस्पतालमा उपचार सेवाको विश्वास गर्न सकिने बताउनुभयो।
अवलोकनका क्रममा मन्त्री शर्माले वीर अस्पतालसहित अन्य सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको पहुँच बढ्दै गएको, प्रविधिमा सुधार भई सेवा विस्तार भइरहेको जानकारी दिनुभयो।
आफू पनि चिकित्सा क्षेत्रमा रहेकाले अस्पतालको वस्तुगत अवस्थाबारे स्पष्ट र निश्चिन्त भएर बोल्न सक्ने बताउँदै उहाँले सेवा सुधारमा देखिएको प्रगतिलाई सकारात्मक संकेतका रूपमा मूल्याङ्कन गर्नुभयो।
मन्त्री शर्माका अनुसार, सर्जरीको लामो प्रतीक्षा सूची पहिलेको तुलनामा उल्लेख्य रूपमा घटेको छ। तर, बिरामीसँगको संवाद र बुझाउने प्रक्रियामा अझ सुधार आवश्यक रहेको पनि उहाँले जोड दिनुभयो। 'उपचारको स्तर सुधार भएको छ, तर बिरामीलाई बुझाउने पक्षमा अझ मेहनत गर्नुपर्ने छ,' उहाँले भन्नुभयो।
अस्पतालमा आवश्यक उपकरण र सामग्री तत्काल उपलब्ध गराउन अस्पताल निर्देशक डा. दिलिप शर्मालाई उहाँले निर्देशन दिनुभयो। साथै, हालै सञ्चालनमा आएको जेनेटिक ल्याबको उद्घाटनप्रति मन्त्री शर्माले खुशी व्यक्त गर्दै यसले आधुनिक स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३
कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह
बिहीबार, साउन १४, २०८३
किन बढ्छ मनसुनजन्य रोगको जोखिम?
बिहीबार, साउन १४, २०८३
