नेपाल हेल्थ न्युज, काठमाडौं । संयुक्त राष्ट्रसंघले एचआइभी /एड्स विरुद्धको विश्वव्यापी प्रयासमा हालै आएको वित्तीय कटौतीले ठूलो असर परेको जनाएको छ।
युएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भनिन् कि ‘एचआइभी विरुद्धको लडाइँलाई दशकौँयताकै सबैभन्दा ठूलो झटका लागेको छ।’ उनले नयाँ प्रतिवेदनको सन्दर्भमा चेतावनी दिँदै भनिन् कि केही अन्तर्राष्ट्रिय दातृ निकायले अचानक वित्तीय योगदान घटाउँदा न्यून तथा मध्यम आय भएका देशहरूमा सेवाहरू प्रभावित भएका छन्।
ब्यानिमाले अमेरिकाले यस वर्षको सुरुदेखि वैदेशिक सहायता कटौती गरेकामा पनि ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘अन्य प्रमुख दातृ देशहरूले पनि आफ्नो सहायता खर्चमा महत्वपूर्ण कटौती गरेका छन्। यसका कारण दर्जनौँ देशमा एचआइभी रोकथाम र उपचार सेवा प्रभावित भएको छ।’
उनले थप चिन्ता व्यक्त गर्दै भनिन् कि यदि यस्तो अवस्थालाई तत्काल सम्बोधन नगरियो भने सन् २०३० सम्ममा करिब ३३ लाख नयाँ एचआइभी सङ्क्रमणको जोखिम रहन सक्छ।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

