नेपाल हेल्थ न्युज, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङ क्षेत्रमा एक एम्बुलेन्स आज बिहान दुर्घटनामा परेपछि दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा एम्बुलेन्स चालक सञ्जीव राई र स्वास्थ्य शाखाका प्रमुख जयकुमार राई रहेका छन्।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको उक्त एम्बुलेन्सले बिरामीलाई होम्ताङ पु-याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने १० बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जानकारी दिएको छ।
गम्भीर घाइते दुवै जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि अन्यत्र लग्ने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताएका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
