नेपाल हेल्थ न्युज, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङ क्षेत्रमा एक एम्बुलेन्स आज बिहान दुर्घटनामा परेपछि दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा एम्बुलेन्स चालक सञ्जीव राई र स्वास्थ्य शाखाका प्रमुख जयकुमार राई रहेका छन्।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको उक्त एम्बुलेन्सले बिरामीलाई होम्ताङ पु-याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने १० बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जानकारी दिएको छ।
गम्भीर घाइते दुवै जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि अन्यत्र लग्ने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताएका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
