नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ। मन्त्रालयअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालय, सिंहदरबारबाट बुधबार प्रकाशित सूचनामार्फत सात दिनभित्र आवेदन दिन आह्वान गरिएको हो।
सिफारिस समितिले प्रतिष्ठानका कुलपतिसमक्ष नाम सिफारिस गर्नुपर्ने भएकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ तथा सोसम्बन्धी नियमावलीअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले तोकिएको समयमा आवश्यक कागजात सहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अचानक पदबाट राजिनामा दिएपछि सो पद रिक्त छ ।
मन्त्रालयका अनुसार आवेदनका साथ निम्न कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ:
- रितपूर्वकको निवेदन
- प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले तयार गरिएको सिलबन्दी व्यावसायिक कार्ययोजना
आवेदनका लागि आवश्यक कागजातहरूको विस्तृत विवरण सिफारिस समितिको सचिवालयबाट वा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
सात दिनको समय सीमाभित्र परेको अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।

आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
