नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समूहका स्थायी पदहरूमा कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ। प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक तथा प्राविधिक तहका पदहरू आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्ने जनाएको छ।
प्रतिष्ठानद्वारा जारी सूचनाअनुसार हाल करार सेवामा कार्यरत कर्मचारीहरूलाई प्राथमिकतामा राखिनेछ। इच्छुक तथा योग्य उम्मेदवारले माघ २२ गतेभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आवेदन फाराम प्रतिष्ठानको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। फारामसँगै तोकिएको दस्तुर नेपाल बैंक लिमिटेड, लगनखेलस्थित प्रतिष्ठानको खातामा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्नेछ।
सबै आवश्यक कागजातसहितको आवेदन प्रतिष्ठानको प्रशासन महाशाखामा बुझाउन सूचनामार्फत अनुरोध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
