नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ।
२०८२ कात्तिक १० गते पदभार ग्रहण गर्नुभएकी मन्त्रीले आपत्कालीन स्वास्थ्य, मातृ–नवजात सेवा, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारमा संलग्न नेपाली श्रमिकको स्वास्थ्य, औषधि आपूर्ति तथा प्रयोगशाला सुधार, र स्वास्थ्य बीमा प्रणालीलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो।
मन्त्री गौतमले बताएअनुसार, हालसम्म जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि तयार पारिएको छ र १८९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ भने शहिद परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिएको छ।
स्वास्थ्य बीमा, स्वास्थ्य सेवा, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन, र स्वास्थ्यकर्मी सुरक्षा ऐनमा आवश्यक संशोधनका लागि अध्यादेश प्रक्रिया अघि बढाइएको मन्त्रीले जानकारी दिनुभयो।
साथै, वर्षौंदेखि रिक्त रहेका नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्यहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको छ। मातृ मृत्यु सर्वेक्षणका आधारमा उच्च मातृ मृत्युदर देखिएका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर घटाउने विशेष योजना पनि लागु गरिएको छ।
मन्त्री गौतमले आगामी दिनमा पारदर्शिता, जवाफदेहिता, र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिएर स्वास्थ्य प्रणालीमा नागरिकको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस्तो छ कार्यप्रगति विवरण
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

