नेपाल हेल्थ न्युज, काठमाडौं । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूहका अधिकृत नवौं तहका पदमा कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवाका लागि दुई जना चिकित्सकलाई सिफारिस गरेको छ। बढुवा समितिको मिति २०८२ फागुन ११ गतेको निर्णयअनुसार उक्त सिफारिस गरिएको हो।
आयोगद्वारा प्रकाशित सूचना अनुसार मेडिसिन समूह अन्तर्गत चेष्ट डिजिज उपसमूहको कन्सल्टेण्ट चेष्ट डिजिज फिजिसियन मा डा. बुद्धिसागर लामिछाने योग्यताक्रमको पहिलो स्थानमा सिफारिस भएका छन्।
त्यसैगरी, सर्जरी समूह अन्तर्गत यूरो सर्जरी उपसमूहको कन्सल्टेण्ट यूरो सर्जन पद मा डा. रुद्र दाहाल सिफारिस भएका छन्। उक्त सिफारिस नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७६ र ७७ बमोजिम गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
