नेपाल हेल्थ न्युज, काठमाडौं । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूहका अधिकृत नवौं तहका पदमा कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवाका लागि दुई जना चिकित्सकलाई सिफारिस गरेको छ। बढुवा समितिको मिति २०८२ फागुन ११ गतेको निर्णयअनुसार उक्त सिफारिस गरिएको हो।
आयोगद्वारा प्रकाशित सूचना अनुसार मेडिसिन समूह अन्तर्गत चेष्ट डिजिज उपसमूहको कन्सल्टेण्ट चेष्ट डिजिज फिजिसियन मा डा. बुद्धिसागर लामिछाने योग्यताक्रमको पहिलो स्थानमा सिफारिस भएका छन्।
त्यसैगरी, सर्जरी समूह अन्तर्गत यूरो सर्जरी उपसमूहको कन्सल्टेण्ट यूरो सर्जन पद मा डा. रुद्र दाहाल सिफारिस भएका छन्। उक्त सिफारिस नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७६ र ७७ बमोजिम गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

