नेपाल हेल्थ न्युज, काठमाडौं । गायक हेमन्त शर्माले नेपालमै क्यान्सरको प्रभावकारी उपचार सम्भव भएको बताएका छन्। उनले आफ्नी श्रीमती रितु शर्माको उपचार नेपालमै सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले श्रीमती रितु शर्मालाई भएको स्तन क्यान्सर करिब ६ महिनाको उपचारपछि पूर्ण रूपमा निको भएको खुशी व्यक्त गरेका छन्। उनले क्यान्सरको उपचारका लागि अनिवार्य रूपमा विदेश जानुपर्ने धारणा सही नभएको पनि उल्लेख गरेका छन्।
गत भदौ तेस्रो साता रितुमा स्तन क्यान्सर पुष्टि भएको थियो । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा डा. सुदिप श्रेष्ठको नेतृत्वमा ८ पटक किमोथेरापी, डबल मास्टेक्टोमी (शल्यक्रिया) र १५ पटक रेडिएसन सेसन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।
६ महिनाको अवधिमा करिब ८० पटक अस्पताल पुग्नुपरेको र यो यात्राबाट धेरै अनुभव प्राप्त भएको उनको भनाइ छ । हाल उपचारका मुख्य चरणहरू पूरा भएपछि रितुको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही वर्ष नियमित औषधि सेवन तथा फलोअपमा बस्नुपर्ने शर्माले बताएका छन् ।
गायक शर्माले नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको उल्लेख गर्दै आवश्यक परेमा स्वदेशमै उपचारमा विश्वास गर्न आग्रह समेत गरेका छन्।
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
