नेपाल हेल्थ न्युज, काठमाडौं । मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन्। उनी बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्षसमेत हुन्।
मोरोक्कोका परराष्ट्र मामिला, अफ्रिकी सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री नासेर बौरिटा ले चौधरीको नियुक्तिलाई स्वीकृति प्रदान गर्दै परराष्ट्र मन्त्रालयमार्फत औपचारिक पत्र पठाएका थिए।
बुधबार आयोजित कार्यक्रममा नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राई बाट चौधरीले नियुक्तिपत्र ग्रहण गरेकी हुन्। नियुक्तिपत्र प्राप्त गरेसँगै उनले औपचारिक रूपमा महावाणिज्यदूतको जिम्मेवारी सम्हालेकी छन्। उनको कन्सुलर कार्यक्षेत्र काठमाडौं उपत्यकाभित्र रहने बताइएको छ।
नियुक्तिपछि चौधरीले नेपाल र मोरोक्कोबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक सहकार्यलाई विस्तार गर्न आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
यस नियुक्तिसँगै नेपाल र मोरोक्कोबीच व्यापार, पर्यटन तथा सांस्कृतिक आदान–प्रदान थप विस्तार हुने अपेक्षा गरिएको छ। चौधरी हाल नर्भिक अन्तर्राष्ट्रिय अस्पताल की निर्देशकका रूपमा पनि कार्यरत छिन्।
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
