नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मास्युटिकल्स ल्याब प्रालि (एनपीएल) ले आफ्ना प्रोफेसनल सेल्स रिप्रेजेन्टेटिभ (पीएसआर) हरूका लागि वैज्ञानिक ज्ञान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका अनुसार, ‘नलेज एम्पावर्स परफर्मेन्स’ अर्थात ज्ञानले कार्यसम्पादनलाई सशक्त बनाउँछ भन्ने नारासहित आयोजित कार्यक्रममा औषधिको वैज्ञानिक पक्ष, व्यावसायिक दक्षता तथा बिक्रीभन्दा बाहिरका सीप विकासमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा फेक्ट नेपालका चीफ–सेन्ट्रल फार्मेसी चेनकुमार बज्राचार्य र डीआईसी अफिसर त्रिलोचन पाण्डेले ‘मेडिसिन बियोन्ड द ब्रान्ड’ विषयमा प्रशिक्षण दिएका थिए। उनीहरूले औषधिको ब्रान्डभन्दा यसको गुणस्तर, वैज्ञानिक आधार, सुरक्षित प्रयोग तथा तर्कसंगत औषधि उपयोगका विषयमा जानकारी गराएका थिए।
त्यसैगरी, टेडएक्सका वक्ता तथा प्रशिक्षक सुरेन सैनी ले बिक्री कौशलभन्दा पर व्यक्तिगत नेतृत्व, सञ्चार क्षमता, आत्मविकास तथा व्यावसायिक सीप अभिवृद्धिबारे प्रेरणादायी प्रशिक्षण दिएका थिए।
एनपीएलले यस्ता कार्यक्रमले आफ्ना कर्मचारीको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कम्पनीले निरन्तर सिकाइ, क्षमता विकास र उत्कृष्ट कार्यसम्पादनलाई संस्थागत संस्कृतिका रूपमा अघि बढाउँदै भविष्यमा पनि यस्ता वैज्ञानिक तथा व्यावसायिक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३

