नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य सेवाका विभिन्न उपसमूहमा कार्यरत छ जना चिकित्सकलाई एघारौँ तहमा पदोन्नति गरिएको छ। लोक सेवा आयोगले सञ्चालन गरेको लिखित परीक्षा र अन्तर्वार्ताबाट प्राप्त नतिजाका आधारमा उनीहरूलाई उच्च तहमा सिफारिस गरिएको हो।
आयोगका अनुसार स्त्री तथा प्रसूति रोग (अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजी) समूहबाट डा. कीर्तिपाल सुवेदी कन्सल्टेन्ट पदमा उक्लनुभएको छ। त्यसैगरी, मेडिसिन समूहअन्तर्गत मेडिकल अंकोलोजी उपसमूहबाट डा. रमिला शिल्पाकार प्रमुख कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट पदका लागि सिफारिस हुनुभएको छ।
जहेस समूहबाट डा. नविन दर्नाललाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा गर्न सिफारिस गरिएको छ भने सर्जरी समूहअन्तर्गत कार्डियोथोरासिक सर्जरीतर्फ डा. प्रसिद्धबिक्रम कँडेल प्रमुख कन्सल्टेन्ट सर्जन पदमा पदोन्नति हुनुभएको छ।
त्यस्तै, जनरल सर्जरी उपसमूहबाट डा. उदिता मिश्रा प्रमुख कन्सल्टेन्ट सर्जन बन्नुभएको छ। अटोरिनोल्यारिङ्गोलोजी (ईएनटी) समूहबाट डा. रमेश भण्डारीलाई प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन पदमा बढुवा गरिएको आयोगले जनाएको छ।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

