नेभिगेशन

नर्स जीता बरालको लाइसेन्स पुनः बहाल, लामो संघर्षपछि न्याय

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्स जीता बरालको लाइसेन्स पुनः बहाल गर्ने निर्णय गरेको छ। परिषद्को २०८२ चैत २६ गते बसेको २६२औँ बोर्ड बैठकले यसअघि खारेज गरिएको उनको दर्ता पुनः कायम गर्ने निर्णय गरेको हो।

परिषद्का अनुसार २०७८ चैत १३ गतेको बैठकबाट बरालको लाइसेन्स नम्बर ८८९४ खारेज गरिएको थियो। तर, उच्च अदालत पाटनले २०८० जेठ २ गते दिएको फैसलामा उनको नाम साविककै दर्ता नम्बर र वर्षसहित पुनः दर्ता गर्न सकिने स्पष्ट गरेको थियो।

उक्त फैसलालाई आधार मान्दै परिषद्ले अघिल्लो निर्णय बदर गरी बरालको लाइसेन्स यथावत राख्ने निर्णय गरेको जनाएको छ। यससँगै उनी पुनः नर्सिङ पेशामा फर्किन पाउने भएकी छन्।

जीता बराल लामो समयदेखि स्वास्थ्य क्षेत्र, विशेषगरी नर्सिङ क्षेत्रमा देखिएका बेथिति र अन्यायविरुद्ध आवाज उठाउँदै आएकी स्वास्थ्यकर्मी हुन्। २०७८ सालमा गोविन्द केसी जुम्लामा सत्याग्रहमा बस्दा भएको घटनापछि उनले सार्वजनिक रूपमा विरोध जनाएकी थिइन्।

त्यसपछि उनलाई प्रतिशोधस्वरूप पेशाबाट हटाइएको आरोप लाग्दै आएको थियो। यद्यपि अदालतको आदेशपछि अन्ततः उनको पेशागत अधिकार पुनः स्थापित भएको छ। यस घटनाले नर्सिङ क्षेत्रमा रहेको नीति, प्रशासनिक निर्णय र न्यायिक प्रक्रियाबारे पुनः बहस सुरु गराएको छ।

nursing-parishad-3-1775802684.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट