नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।
यसको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको विवरणमा उल्लेख छ । मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको उल्लेख छ । यसको स्रोत श्रीमान् र आफ्नो तलबका साथै ऋण रहेको उल्लेख छ ।
मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ, सानिमा बैंकमा १० लाख रुपैयाँ र २५ लाख रुपैयाँ हाराहारीको ब्रान्ड आई१० को एउटा गाडी रहेको छ । जुन गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

