नेपाल हेल्थ न्युज, काठमाडौं । आज अप्रिल १५ का दिन अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षदेखि नेपालले अघि सारेको प्रस्तावअनुसार यो दिवस विश्वभर औपचारिक रूपमा मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले मानव स्वास्थ्य, सुख र सन्तुलित जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले प्रस्तुत गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो।
यस दिवसको मुख्य लक्ष्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्नु हो। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायमा जोड दिँदै निवारणमुखी स्वास्थ्य प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य सेवामार्फत जीवन रक्षा, स्वास्थ्य खर्च घटाउने तथा रोकथामयोग्य रोग नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसङ्घले आदिवासी तथा स्थानीय समुदायका संस्कृति र परम्परागत ज्ञानको महत्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत उपचार विधिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुर्याउन सक्ने उल्लेख गरेको छ।
यस दिवसले विश्वभर जनचेतना अभिवृद्धि गर्नुका साथै सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। विभिन्न देशमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया र स्वास्थ्यसम्बन्धी गतिविधिहरू आयोजना भइरहेका छन्।
यसअघि घोषणा गरिएका अन्तरराष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसहरूले पनि समग्र आरोग्य प्रवर्द्धनमा सहायक भूमिका खेल्दै आएका छन्।
दिगो विकास लक्ष्यअन्तर्गत स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको छ। सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने लक्ष्य राख्दै मातृ तथा शिशु स्वास्थ्य सुधार, सरुवा तथा नसर्ने रोग नियन्त्रण, औषधि र खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य असमानता न्यूनीकरणमा विशेष ध्यान दिइएको छ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

