नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसद्का विभिन्न विषयगत समितिहरूका लागि सभापति पदका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ।
बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाअन्तर्गतका समितिहरू तथा संयुक्त समितिहरूमा सभापतिका लागि प्रस्तावित नामहरू निर्णय गरेको हो।
पार्टीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका रूपमा डा. ओजस्वी शेरचनलाई अघि सारेको छ। यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई उम्मेदवार बनाइएको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीलाई सिफारिस गरिएको छ।
संयुक्त समितिहरूतर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन समितिमा गणेश कार्कीको नाम तय गरिएको छ। पार्टीले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको जनाएको छ।

१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

