नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनअन्तर्गत उपत्यका बाहिरका शाखाहरूबाट कुल ४ हजार २ सय ४४ मत खसेको छ।
दुई दिनसम्म सञ्चालन गरिएको मतदानमा देशभरका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता देखिएको निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार पहिलो दिन १ हजार ९ सय ४२ मत खसेको थियो भने दोस्रो दिन यो संख्या बढेर २ हजार ३ सय २ पुगेको हो। शाखागत विवरण हेर्दा चितवन शाखाबाट सबैभन्दा धेरै ५ सय ४८ मत खसेको छ।
त्यसपछि कोशी शाखामा ५ सय २५ र गण्डकीमा ४ सय ६६ मत खसेर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यसैगरी जनकपुरमा ३ सय ७५, लुम्बिनीमा ३ सय ७३ र नारायणीमा ३ सय ६८ मत खसेको छ, जुन उल्लेखनीय मानिएको छ। धरान २ सय १०, भेरी २ सय ७ र सेती २सय ६ मा पनि राम्रो सहभागिता देखिएको छ।
अन्य शाखाहरूमा बिर्तामोडबाट १००, हेटौंडाबाट ९७, सुर्खेतबाट ९५ र पाल्पाबाट ८८ मत खसेको विवरण सार्वजनिक गरिएको छ। यता सबैभन्दा कम मतदान डडेलधुरा १८ र तनहुँ ३० मा भएको देखिएको छ।
संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदानको तालिका तय गरिएको छ।
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
