नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनअन्तर्गत उपत्यका बाहिरका शाखाहरूबाट कुल ४ हजार २ सय ४४ मत खसेको छ।
दुई दिनसम्म सञ्चालन गरिएको मतदानमा देशभरका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता देखिएको निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार पहिलो दिन १ हजार ९ सय ४२ मत खसेको थियो भने दोस्रो दिन यो संख्या बढेर २ हजार ३ सय २ पुगेको हो। शाखागत विवरण हेर्दा चितवन शाखाबाट सबैभन्दा धेरै ५ सय ४८ मत खसेको छ।
त्यसपछि कोशी शाखामा ५ सय २५ र गण्डकीमा ४ सय ६६ मत खसेर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यसैगरी जनकपुरमा ३ सय ७५, लुम्बिनीमा ३ सय ७३ र नारायणीमा ३ सय ६८ मत खसेको छ, जुन उल्लेखनीय मानिएको छ। धरान २ सय १०, भेरी २ सय ७ र सेती २सय ६ मा पनि राम्रो सहभागिता देखिएको छ।
अन्य शाखाहरूमा बिर्तामोडबाट १००, हेटौंडाबाट ९७, सुर्खेतबाट ९५ र पाल्पाबाट ८८ मत खसेको विवरण सार्वजनिक गरिएको छ। यता सबैभन्दा कम मतदान डडेलधुरा १८ र तनहुँ ३० मा भएको देखिएको छ।
संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदानको तालिका तय गरिएको छ।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

