नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरिका बालबालिकाको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै सरकारले आजदेखि दुई दिनसम्म भिटामिन ‘ए’ तथा जुकाविरुद्धको औषधि वितरण अभियान सञ्चालन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय कार्यक्रममार्फत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल प्रदान गरिँदैछ।
साथै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइँदैछ।
बालबालिकालाई सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहहरूले विभिन्न स्थानमा अस्थायी स्वास्थ्य तथा खोप केन्द्र स्थापना गरेका छन्। कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ।
नेपालमा भिटामिन ‘ए’ को कमीबाट हुने स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम पहिलो पटक विसं २०५० मा केही जिल्लाबाट सुरु गरिएको थियो। पछि यसको प्रभावकारिता देखिएपछि विसं २०५९ देखि देशव्यापी रूपमा विस्तार गरिएको हो।
त्यसैगरी, जुकाको संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विसं २०५६ मा सीमित जिल्लाबाट सुरु गरिएको औषधि वितरण कार्यक्रम २०६७ सालदेखि देशभर लागू हुँदै आएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
