नेभिगेशन

शिवराज अस्पतालमा ३८ लाख रकम गायब

add final

नेपाल हेल्थ न्युज, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित शिवराज आधारभूत अस्पतालमा ३८ लाख रुपैयाँभन्दा बढी रकम रहस्यमय रूपमा गायब भएको घटना सार्वजनिक भएको छ।

नगरपालिकाको आन्तरिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८१/८२ मा बैंकमा जम्मा गरिएको भनिएका १२८ वटा भौचरको रकम खातामा नभेटिएपछि अनियमितताको आशंका गरिएको हो। 

आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशङ्का गरिएको छ ।

घटनापछि शिवराज नगरपालिकाका प्रमुख अजय थापाले अनुसन्धानका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा पत्राचार गर्दै रकम हिनामिना तथा किर्ते भौचर सम्बन्धमा छानबिन गर्न अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यस विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक जानकारीअनुसार बैंकले अस्पतालले पेश गरेका भौचरहरू नक्कली हुन सक्ने जनाएको छ।

तर अस्पताल प्रशासनले भने सम्बन्धित रकम बैंकमै बुझाइएको र भौचर पनि बैंकबाटै प्राप्त भएको दाबी गर्दै आएको छ। अस्पताल व्यवस्थापन समितिले पनि यस विषयमा बैंकसँग थप विवरण माग गर्दै औपचारिक पत्राचार गरेको जनाएको छ।

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी अनुसन्धान जारी रहेको छ भने दोषी ठहर हुने पक्षमाथि कानुनी कारबाही हुने बताइएको छ।

sivraj-hospital-1776662741.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट