नर्सिङ सेवा केवल उपचार सहयोग मात्र होइन, सहानुभूति, समन्वय र नेतृत्वको संयोजन हो । प्रभावकारी प्रशिक्षण, टिमवर्क र पारदर्शी काउन्सेलिङमार्फत क्यान्सर बिरामीको उपचारलाई सहज र आशावादी बनाउन सकिन्छ ।
यहाँको जिम्मेरी बताइदिनुस् न ?
नर्सिङ सेवाको व्यवस्थापन, गुणस्तर सुधार तथा बिरामी–केन्द्रित सेवामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छु ।
यहाँको शैक्षिक पृष्ठभूमि के हो ?
म बी.एन. नर्स हुँ र मैले फूड एण्ड न्यूट्रिशनमा मास्टर डिग्री गरेकी छु । पोषण र नर्सिङको संयोजनले क्यान्सर बिरामीको समग्र हेरचाहमा मलाई थप सहयोग पु-याएको छ ।
क्यान्सर बिरामीको हेरचाहमा नर्सको भूमिका कस्तो हुन्छ ?
क्यान्सर हुँदा बिरामीको जीवन एकाएक परिवर्तन हुन्छ । शारीरिक रूपमा तौल घट्नु, कमजोरी महसुस हुनु, औषधिले कपाल झर्नु जस्ता समस्या देखिन्छन् भने मानसिक रूपमा डर, तनाव र अनिश्चितता बढ्छ । नर्सिङ लिडरको रूपमा म आफ्ना स्टाफलाई भन्छु—‘पहिले आफूलाई बिरामीको स्थानमा राखेर सोच्नुहोस् ।’ सहानुभूति र संवेदनशील व्यवहार नै क्यान्सर केयरको मुख्य आधार हो ।
क्यान्सर बिरामीलाई मनोपरामर्श कसरी दिइन्छ ?
धेरै बिरामीको मनमा क्यान्सर उपचार अत्यन्त महँगो हुन्छ भन्ने धारणा हुन्छ । तर क्यान्सरका प्रकार र उपचार विधिअनुसार खर्च फरक–फरक हुन्छ । केही औषधि २५० रुपैयाँदेखि सुरु हुन्छन् भने केही २ लाख रुपैयाँसम्म पनि पर्न सक्छन् ।
त्यसैले सुरुमा नै बिरामीलाई रोगको अवस्था, उपचार प्रक्रिया र सम्भावित खर्चबारे स्पष्ट काउन्सेलिङ गरिन्छ । हाम्रो संस्थामा नर्स र कस्टुमर केयर टिमले उपचार कक्ष, शल्यक्रिया र सम्भावित खर्चको विवरण स्पष्ट रूपमा बुझाउँछन् । यसले बिरामीको डर र तनाव कम गरी मनोबल उच्च बनाउन ठूलो सहयोग पु-याउँछ ।
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३

