नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन फिर्ता ल्याउन सुरु गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयले यस्तो कदम चालेको हो। मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको जानकारी पाएपछि तत्काल छानबिन गरी ती सवारी साधन फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको हो।
फिर्ता ल्याइएका सवारी साधनहरू हाल मन्त्रालय परिसरमै राखिएका छन्। अब ती गाडीहरू आवश्यकताका आधारमा कानुनअनुसार मात्र प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ।
कानुनी व्यवस्था अनुसार सह-सचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्न पाउने प्रावधान रहेको छ। मन्त्रालयले आगामी दिनमा पनि सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन अनुगमनलाई थप कडाइ गरिने जनाएको छ।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

