नेपाल हेल्थ न्युज, काठमाडौं । मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रादेशिक अस्पताल मलंगवाले करार सेवामा विभिन्न पदका जनशक्ति भर्नाका लागि आवेदन आह्वान गरेको छ।
कन्सल्टेन्ट रेडियोलोजिस्ट १, मेडिकल अफिसर ५, डायलाइसिस टेक्निसियन १, फार्मेसी असिस्टेन्ट १, स्टाफ नर्स ८, एम्बुलेन्सरशववाहन चालक १ र कार्यालय सहयोगी ४ जना आवश्यक छन्।
इच्छुक उम्मेदवारहरूले अस्पतालको प्रशासन शाखाबाट फारम लिएर सूचना प्रकाशित भएको १५ दिनभित्र बुझाउनुपर्नेछ।
आवेदन शुल्क तहअनुसार ३०० देखि १२०० रुपैयाँसम्म रहेको छ, जुन नेपाल बैंक मलंगवा शाखामा जम्मा गर्नुपर्छ। छनोट प्रक्रिया छोटो सूची र अन्तर्वार्ताबाट हुनेछ भने अन्तर्वार्ता मिति पछि तोकिनेछ। सम्पर्क मिति २०८३/०१/३० गते दिउँसो २ बजे तोकिएको छ र डायलाइसिस तथा अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

