नेभिगेशन

नेपालमा ग्यास्ट्राइटिस उपचारको नयाँ अध्याय: एशियन फर्मास्युटिकल्सले ल्यायो नयाँ औषधि

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । एशियन फर्मास्यूटिकल्स प्रा. लि. ले नेपालमा ग्यास्ट्राइटिस र पेटसँग सम्बन्धित अम्लजन्य रोगको उपचारका लागि नयाँ औषधि (भोनो–प्राजान) बजारमा उपलब्ध गराएको छ। यस अघि कम्पनीले सर्वसाधारण र चिकित्सक माझ लोकप्रिय औषधि प्यान्टोप  उत्पादन, बिक्री र वितरण गर्दै आएको थियो।

जापानी औषधि कम्पनीले सन् २०१५ मा भोनो–प्राजान पहिलोपटक जापानमा बजारमा ल्याएको थियो। त्यस्तै (युएस.एफ.डी.ए)  ले सन् २०२२ मा यस औषधिलाई पहिलोपटक अनुमोदन दिएको थियो।

भोनो–प्राजान लाई ग्यास्ट्राइटिस र पेटसँग सम्बन्धित समस्यामा नयाँ वर्गको प्रभावकारी औषधि (नयाँ क्लास मोलेक्युल–पीसीएबी) का रूपमा विभिन्न देशमा प्रयोग भइरहेको छ। नेपालका चिकित्सकहरूले पनि लामो समयदेखि यस औषधिको आवश्यकता औँल्याउँदै आएका थिए।

चार वर्ष लामो अध्ययन र अनुसन्धानपछि, सरकारले स्वीकृति प्रदान गरेपछि एशियन फर्मास्यूटिकल्सले भोनो–प्राजान  पहिलो पटक नेपाली बजारमा उपलब्ध गराएको हो। कम्पनीले यसलाई दुई डोज स्ट्रेन्थमा उपलब्ध गराएको छ: भि–प्राज १० र भि–प्राज २० ।

विशेष कुरा के भने, प्रत्येक प्याकेजमा पहिलो पटक ब्रेल लिपिमा औषधिको नाम छापिएको छ, जसले दृष्टिविहीन बिरामीहरूलाई सहजता प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

VPRAZ-Tab-1-1778240244.jpg
 

विशेषज्ञहरूले भोनो–प्राजानको प्रमुख विशेषता भनेको खाना खानु अघि वा पछि, चिकित्सकको सल्लाह अनुसार सेवन गर्न सकिने सुविधा रहेको बताएका छन्। परम्परागत औषधिबाट लाभ नपाएका बिरामीहरूमा पनि यसले प्रभावकारी परिणाम देखाउने बताइएको छ। कम्पनीले औषधि सुरक्षित, छिटो असर गर्ने र बिरामीमैत्री भएको दाबी गरेको छ।

एशियन फर्मास्यूटिकल्सले नेपालमा भोनो–प्राजानको उपलब्धतासँगै ग्यास्ट्राइटिस र पेटको अम्ल सम्बन्धी रोगको उपचारमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट