नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व लुपस दिवस–२०२६ आज विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मे १० गते यो दिवस विशेष रूपमा मनाउने गरिन्छ।
चिकित्सकहरूले लुपसलाई दीर्घकालीन अटोइम्युन रोगको रूपमा परिभाषित गर्दै यसमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै शरीरका विभिन्न अङ्ग र तन्तुमा असर पुर्याउने बताउँदै आएका छन्। चिकित्सकका अनुसार रोगबारे पर्याप्त जानकारी र सही बुझाइको अभावका कारण धेरै बिरामीले समयमै उपचार र आवश्यक सहयोग पाउन सक्दैनन्।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार बाहिरबाट हेर्दा लुपस रोग सधैं देखिँदैन, तर यसको गम्भीर असर बिरामी र उनीहरूको परिवारको जीवनमा पर्ने गर्छ।
केन्द्रले समयमै रोग पहिचान, नियमित उपचार, सामाजिक सहयोग र संवेदनशील व्यवहारले बिरामीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताएको छ।
केन्द्रले सबै स्वास्थ्यकर्मी, नीतिनिर्माता, सञ्चारकर्मी, नागरिक समाज र समुदायलाई लुपसबारे जनचेतना अभिवृद्धि गर्न, बिरामीलाई सहयोग गर्न र गुणस्तरीय उपचार सेवामा पहुँच सुनिश्चित गर्न एकजुट हुन आग्रह गरेको छ।
विश्व लुपस दिवसका अवसरमा विभिन्न स्वास्थ्य संस्थाहरूले जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सूचना प्रवाहसम्बन्धी गतिविधिहरू सञ्चालन गरेका छन्।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

