नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचनामार्फत् भनेको छ कि राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सकिने चेतावनी रहेको छ।
मन्त्रालयका अनुसार, नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी बनाउन आदेश दिएको छ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ (खण्ड ङ) अनुसार राजनीतिमा भाग लिने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी’ सेवाबाट हटाउन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।
सूचनामा भनिएको छ कि सम्पूर्ण निजामती कर्मचारीहरूले प्रचलित कानुन बमोजिम अनुशासन र आचरणसम्बन्धी नियम पालना गर्नुपर्नेछ। कुनै पनि राजनीतिक दलको सदस्यता लिने, भ्रातृ वा जनवर्गीय संगठनमा आबद्ध हुने, राजनीतिक क्रियाकलापमा सक्रिय हुने वा राजनीतिक पदका लागि उम्मेदवार बन्ने कर्मचारीहरूमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा निजामती कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा असर पार्ने भएकाले यस्तो कदम उठाइएको उल्लेख छ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

