नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचनामार्फत् भनेको छ कि राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सकिने चेतावनी रहेको छ।
मन्त्रालयका अनुसार, नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी बनाउन आदेश दिएको छ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ (खण्ड ङ) अनुसार राजनीतिमा भाग लिने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी’ सेवाबाट हटाउन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।
सूचनामा भनिएको छ कि सम्पूर्ण निजामती कर्मचारीहरूले प्रचलित कानुन बमोजिम अनुशासन र आचरणसम्बन्धी नियम पालना गर्नुपर्नेछ। कुनै पनि राजनीतिक दलको सदस्यता लिने, भ्रातृ वा जनवर्गीय संगठनमा आबद्ध हुने, राजनीतिक क्रियाकलापमा सक्रिय हुने वा राजनीतिक पदका लागि उम्मेदवार बन्ने कर्मचारीहरूमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा निजामती कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा असर पार्ने भएकाले यस्तो कदम उठाइएको उल्लेख छ।
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
