नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वविद्यालय (केयू) ले स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा प्राडा मनोज हुमागाईँलाई जिम्मेवारी प्रदान गरेको छ।
केयूले ४ जेठमा उपकुलपतिस्तरीय निर्णयमार्फत हुमागाईँलाई डीनको जिम्मेवारी दिने निर्णय गरेको हो। प्राडा हुमागाईँ यसअघि पनि सोही स्कुलको डीन पदमा कार्यरत थिए।
गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका थिए। यसअन्तर्गत काठमाडौं विश्वविद्यालय ऐन, २०४८ बमोजिम उपकुलपतिसहित २५ जना पदमुक्त भएका थिए। सो सूचीमा प्राडा हुमागाईँ पनि परेका थिए।
कूल मिलाएर, हाल प्राडा हुमागाईँलाई स्कुल अफ मेडिकल साइन्सेजको डीन पदमा कार्यवाहक जिम्मेवारी दिइएको छ, अर्को निर्णय नभएसम्म यो व्यवस्था कायम रहनेछ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३

