नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले देशको स्वास्थ्य क्षेत्रमा बढ्दै गएको बेथिति तथा मापदण्ड विपरीत सञ्चालन भइरहेका अस्पताल र स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था बारे चिन्ता व्यक्त गर्दै भनिन्, “स्वास्थ्य सेवा खस्किँदै गएको छ। बिरामी र उनका आफन्तहरू गुनासो गर्न बाध्य छन्। संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन?”
सांसद ढकालले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई उचित पारिश्रमिक दिनुपर्ने आवश्यकता औँल्याउँदै भनिन्, “सरकारले स्वास्थ्यकर्मीहरूको उचित सम्मान र पारिश्रमिक सुनिश्चित गर्न आवश्यक छ।”
उनले यससँगै सरकारलाई आम नागरिकले पाउने स्वास्थ्य सेवा गुणस्तरीय र भरपर्दो बनाउने दिशामा ठोस कदम चाल्न पनि चेतावनी दिइन्। ढकालले भनिन् कि सरकारी उदासीनताका कारण स्वास्थ्य सेवा कमजोर हुँदै गएको छ र यसले सर्वसाधारणलाई प्रत्यक्ष असर पुर्याएको छ।
सांसद ढकालको मागअनुसार, सरकारले मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरूको निरीक्षण गरी आवश्यक कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको सम्मानजनक पारिश्रमिक सुनिश्चित गर्नुपर्ने आवश्यकता जोड दिइएको छ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

