नेपाल हेल्थ न्युज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको डाबर ब्रान्डको मह बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर हनी न्यूनस्तरको पाइएकोले विभागले उक्त उत्पादन बिक्री वितरण नगर्न तथा फिर्ता गर्न आदेश दिएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५(१) बमोजिम जारी आदेशअनुसार, डाबर हनी ५०० ग्राम प्याकेटमा रहेको ब्याच नम्बर NB00477 परीक्षणपछि न्यूनस्तरको खाद्य पदार्थ ठहरिएको छ।
उत्पादन मिति २०२५/१२ भएको उक्त महको उपभोग अवधि १८ महिना रहेको जनाइएको छ। विभागले सम्बन्धित उत्पादक तथा वितरकलाई उत्पादन बिक्री वितरण नगर्न निर्देशन गर्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३ट्रेन्डिङ
२

