नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधी उत्पादक संघले औषधि उत्पादन क्षेत्रमा भइरहेका अनुसन्धान, अनुभव र ज्ञानलाई साझा गर्न लक्षित ‘नेपाल फर्मा इनसाइट’ नामक नयाँ प्रकाशन सुरु गरेको छ।
संघकी क्वालिटी कन्ट्रोल प्रमुख प्रशंसा श्रेष्ठका अनुसार, देश–विदेशमा भइरहेका अध्ययन र अनुसन्धान प्रायः साझा हुन नसक्ने अवस्थालाई मध्यनजर गर्दै यो डिजिटल प्रकाशन सुरु गरिएको हो। उनले भनिन्, “यस मार्फत औषधि क्षेत्रका सरोकारवालालाई नियमित रूपमा अपडेट गराउने उद्देश्य राखिएको छ।”
संघका अध्यक्ष विप्लव अधिकारीले यस प्लेटफर्मलाई विस्तार गर्दै भविष्यमा नेपालकै औषधी क्षेत्रको महत्वपूर्ण जर्नलका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले यो प्रकाशन निरन्तर अपडेट र ज्ञानमूलक सामग्री प्रदान गर्ने माध्यमका रूपमा अघि बढाइने जानकारी पनि दिए।
‘नेपाल फर्मा इनसाइट’मा औषधी क्षेत्रका पछिल्ला विकासक्रम, अनुसन्धान, लेख तथा विशेषज्ञ विचार समावेश गरिनेछ। यसमा उद्योग, अनुसन्धान, नियामक निकाय, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच ज्ञान आदान–प्रदान हुने अपेक्षा गरिएको छ।
प्रकाशन टोलीमा विभिन्न औषधी कम्पनीका प्रतिनिधिहरू संलग्न रहेका छन् भने सम्पादकीय टिममा प्रशंसा श्रेष्ठ, निश्मा बज्राचार्य, सहज न्यौपाने, आशिष खड्का, कुसुम श्रेष्ठ र ज्योत्सना पोखरेल रहेका छन्।
संघले आगामी अंकका लागि लेख, केस स्टडी, विज्ञ धारणा तथा उद्योगसम्बन्धी अपडेटहरू पठाउन उद्योग र सरोकारवालालाई आह्वानसमेत गरेको छ।
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३

