नेपाल हेल्थ न्युज, काठमाडौं । मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला को नेतृत्वमा काठमाडौंको बुढानीलकण्ठ मा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित भवन आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अस्पतालको स्थापनाले गरिब तथा विपन्न बालबालिकाले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले उक्त संस्थालाई भारतको ताजमहलजत्तिकै महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्दै यसको निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा जगद्गुरु शङ्कराचार्यको उपस्थितिले संस्थालाई थप मजबुत बनाउने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै व्यवसायी मीनबहादुर गुरुङले सन्त–महात्माहरूको प्रेरणाले आफूलाई समाजसेवामा समर्पित हुन उत्प्रेरित गरेको बताउनुभयो। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहेका गुरुङले व्यक्तिगत रूपमा ७१ करोड रुपैयाँ लगानी गरी अस्पताल भवन निर्माण गर्नुभएको हो।
सो अवसरमा नवनिर्मित भवनको साँचो डा. भगवान कोइराला लाई हस्तान्तरण गरिएको थियो। भारतका जगद्गुरु शङ्कराचार्य श्री विधुशेखर भारती सन्निधानमले भवन हस्तान्तरण गर्दै अस्पतालले बालस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त ग।
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३
क्यान्सर उपचारका अत्यावश्यक औषधि ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
मंगलबार, जेठ २६, २०८३
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
मंगलबार, जेठ २६, २०८३

