नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा जटिल रोगको उपचार तथा विशेष स्वास्थ्य सेवामा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार देशमै मृगौला र कलेजो प्रत्यारोपणजस्ता जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भइरहेका छन्।
सर्वेक्षणअनुसार २०८२ फागुनसम्म २९५ जनाको मृगौला प्रत्यारोपण तथा १५ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । यसले नेपालमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच र क्षमता विस्तार हुँदै गएको संकेत गरेको छ ।
औषधि उत्पादनतर्फ पनि नेपालले आत्मनिर्भरता बढाउँदै लगेको देखिएको छ । हालसम्म दर्ता भएका २२ हजार ३ सय ५ ब्राण्डका औषधिमध्ये १३ हजार ५ सय ९४ वटा स्वदेशी ब्राण्डका रहेका छन् । यसले स्वदेशी औषधि उद्योगको उत्पादन र बजार विस्तारमा सकारात्मक प्रगति भएको देखाएको छ ।
रोग नियन्त्रण तथा जनस्वास्थ्य कार्यक्रमअन्तर्गत १४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सञ्चालन गरिएको छ । साथै, २७ हजार ५ सय २६ जना एचआइभी सङ्क्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल (एआरटी) उपचार सेवा लिइरहेका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तार, विशेषज्ञ सेवा वृद्धि तथा रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

