नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सकहरूले क्यान्सर उपचारको क्षेत्रमा एक अभूतपूर्व र ऐतिहासिक सफलता प्राप्त गरेका छन्। अन्य कुनै पनि उपचार विधिले निको हुन नसकेका जटिल अवस्थाका बिरामीहरूको ट्युमरलाई समेत पूर्ण रूपमा निको पार्ने एक नयाँ इन्जेक्सनको सफल क्लिनिकल परीक्षण गरिएको छ।
जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको ‘अमिभान्तामाब’ नामक यो औषधिको विश्वका ११ वटा देशमा सफलतापूर्वक क्लिनिकल परीक्षण सम्पन्न भएको हो। अन्य सबै उपचार असफल भएपछि क्यान्सर शरीरका अन्य भागमा फैलिएका वा पुनः बल्झिएका बिरामीहरूमा यो परीक्षण केन्द्रित गरिएको थियो।
परीक्षणका क्रममा इन्जेक्सन लगाएको केही सातामै यसको उल्लेखनीय प्रभाव देखिएको चिकित्सकहरूले जनाएका छन्। विशेष गरी परीक्षणमा सहभागी गराइएका मध्ये १५ जना बिरामीहरूको ट्युमर शरीरबाट पूर्ण रूपमै गायब भएको छ।
लन्डनस्थित ‘इन्स्टिच्युट अफ क्यान्सर रिसर्च’ का प्राध्यापक केभिन ह्यारिङ्टनले यस नतिजालाई अभूतपूर्वु संज्ञा दिएका छन्। उनले भने, केमोथेरापी र इम्युनोथेरापी दुवैले काम गर्न छाडेका र उपचारका सबै विकल्पहरू समाप्त भइसकेका बिरामीहरूमा यो स्तरको फाइदा देखिनु निकै आश्चर्यजनक छ। यस औषधिले हरेक वर्ष हजारौँ बिरामीको ज्यान बचाउन सक्ने क्षमता राख्दछ।
कसरी काम गर्छ यो औषधिले ?
चिकित्सकहरूका अनुसार यो औषधिले मुख्यतः दुई तरिकाले काम गर्छ
१. यसले शरीरमा क्यान्सर फैलाउने विशिष्ट प्रोटिनलाई रोक्ने काम गर्दछ।
२. यसले शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर ट्युमरविरुद्ध लड्न मद्दत गर्दछ।
टाउको, घाँटी र फोक्सोको क्यान्सरमा निकै प्रभावकारी
विश्वमै छैटौँ सबैभन्दा बढी देखिने टाउको र घाँटीको क्यान्सर भएका १०२ जना बिरामीहरूलाई यस परीक्षणमा सहभागी गराइएको थियो। तीमध्ये ४३ जनाको ट्युमर कि त खुम्चियो कि त पूर्ण रूपमा गायब भयो। विवरण अनुसार, २८ जनाको ट्युमर उल्लेख्य रूपमा सानो भएको थियो भने १५ जनाको शरीरबाट क्यान्सर पूर्ण रूपमा हटेको थियो। टाउको र घाँटी बाहेक फोक्सोको क्यान्सर भएका बिरामीहरूमा पनि यो औषधि उस्तै प्रभावकारी देखिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
