नेपाल हेल्थ न्युज, चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा पक्राउ परेका पप्पुकुमार यादव मेडिकल डाक्टर भएको खुलेको छ ।
उनको साथबाट प्रहरीले ३० हजार अमेरिकी डलर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुरको एक अस्पतालमा कार्यरत छन् । भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका उनी धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी हुन् ।
डा यादवका बारेमा अनुसन्धान गर्दा उनले अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
भेरी अस्पतालमा शवगृह विस्तार गरिने
मंगलबार, भदौ ३०, २०८३
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३

