नेपाल हेल्थ न्युज, काठमाडौं । काफल गर्मीयाममा पहाडका वन पाखाहरूमा पाइने लोकप्रिय जंगली फल हो । यो फल लाम्चो र गोलो आकारको हुन्छ । काफल काँचोमा हरियो, पाकेपछि रातो र धेरै पाकेपछि बैजनी रंगको गुलियो र अमिलो मिश्रित रसिलो फल हो ।
यो फल स्वादिष्ट मात्र नभई स्वस्थ्यकर पनि मानिन्छ । मौसम अनुसार पाइने फलफुलहरु स्वास्थ्यका लागि गुणकारी हुन्छ । त्यसैले मौसम अनुसारको फलको स्वाद सबैको लागि फाइदाजनक हुन्छ ।
काफल हेर्दा सानो तर धेरै औषधीय गुण बोकेको फल हो । काफँललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफलका औषधीय गुणहरू यसप्रकार छन् ।
कर्णशूल काफलको बोक्राको काँडा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ । महिनावारी कालो तिल, पुरानो शख्खर र काफलको बोक्रा मिलाई काँडा पकाएर पिलाए महिनावारिमा हुने पिडाबाट आराम मिल्छ । यो सेवनसँगै अन्य खानेकुरा पनि सेवन गनुपर्छ ।
आखाँ आँखा रातो भएमा वा बिझाएमा काफलको बोक्रा पिधेर मसिनो बनाएर लगाइदिए सो समस्याबाट राहत मिल्छ । घाउचोट बिग्रेको र चाँडै निको नहुने घाउमा काफलको बोक्राको धूलो छरिदिनुपर्छ । साथै काँडा पकाएर प्रतिदिन धोईदिए घाउ सफा हुन्छ । टाउको दुखाई काफलको धूलोको नश लिए टाउको दुखाई कम हुन्छ ।
दम काफलको बोक्राको काँडा पाँच ग्राम चीनीमा मिलाएर पिउनाले खोकी, दम, हृदय रोग र अरूचीमाको समस्या कम हुन्छ । पेट दुख्ने काफलको बोक्रा चार ग्राम मिश्रीमा मिलाएर चार दिन सेवन गरे पेट दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । दाँतको दुखाई काफलको बोक्राको धूलोले दाँत माज्ने गरे दाँतको दुखाई कम हुन्छ । एजेन्सि
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३

