नेपाल हेल्थ न्युज, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्न आवश्यक कानुन तर्जुमा गरिने जानकारी दिनुभयो।
प्रदेश सरकारले यो योजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेको थियो। तर कार्यान्वयनमा जान नसकेको उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पुनः प्राथमिकतासाथ अघि सारिएको हो।
संघीयता कार्यान्वयनपछि प्रदेश सरकार मातहत सञ्चालन हुँदै आएको प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो। मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारले यस विषयमा अध्ययन गर्न वरिष्ठ चिकित्सक डा. भगवान् कोइराला को नेतृत्वमा समिति गठन गरेको थियो।
उक्त समितिले प्रदेश अस्पतालको स्तरोन्नतिका लागि पाँचवटा विकल्पसहित सुझाव पेश गरेको थियो। ती सुझावका आधारमा सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडललाई अघि बढाउने तयारी गरेको देखिएको छ।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गरिने उल्लेख गरिएको छ। साथै प्रदेश सरकार मातहतका सबै अस्पताललाई प्रदेश सरकारको नामबाट नामकरण गर्ने र स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने पनि सरकारले जनाएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
