नेपाल हेल्थ न्युज, चितवन । चितवनका चिकित्सक तथा सामाजिक व्यक्तित्व डा. भोजराज अधिकारीले आफ्नो सक्रिय राजनीतिक यात्राबाट अलग हुने निर्णय सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले अबको समय राजनीतिक विचारधाराभन्दा विकास र परिणाममुखी प्रतिस्पर्धाको भएको उल्लेख गरेका छन्।
उनले आफ्नो पेशागत अनुभव र क्षमतालाई अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले राजनीतिक सक्रियता अन्त्य गर्ने निर्णय गरेको बताएका छन्।
डा. अधिकारीले विगतमा कम्युनिस्ट आन्दोलनसँग जोडिएर काम गरेको स्मरण गर्दै त्यस अवधिमा प्राप्त ज्ञान, अनुभव र वैचारिक प्रशिक्षणप्रति सम्मान व्यक्त गरेका छन्। तथापि, वर्तमान परिस्थितिमा समाज र देशको विकासका लागि फरक ढंगले योगदान दिन आवश्यक ठानेको उनको भनाइ छ।
उनले आगामी दिनमा चिकित्सकीय सेवा तथा विभिन्न सामाजिक गतिविधिमार्फत नागरिकको रूपमा आफ्नो भूमिका निरन्तर रहने स्पष्ट पारेका छन्। साथै, आफू आबद्ध रहेका राजनीतिक संगठनका सबै जिम्मेवारी र पदबाट अलग हुने निर्णयसमेत गरेका छन्।डा. अधिकारी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए।
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३

