नेपाल हेल्थ न्युज, काठमाडौं । आज देशभर ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित विश्व वातावरण दिवस मनाइँदैछ। सप्ताहव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवालाहरू सहभागी छन्।
ललितपुरमा आयोजना हुने विशेष कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जनचेतना अभिवृद्धि गर्न र वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकास प्रवर्द्धन गर्न यो दिवस विशेष महत्वको भएको बताए।
वातावरण दिवसको इतिहास हेर्दा, सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा संयुक्त राष्ट्रसंघको पहिलो विश्व वातावरण सम्मेलन भएको थियो।
त्यसको स्मरणमा सन् १९७३ देखि ५ जुनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। नेपालमा भने सन् १९८० र १९९० को दशक (वि.सं. २०३७–२०४७ तिर) देखि व्यापक रूपमा मनाउन थालिएको हो ।
आजको दिनमा विद्यालय, स्थानीय तह, युवा क्लब र समुदायले वृक्षारोपण, सरसफाइ तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम गर्दै मानिसमा चेतना जागृत गर्ने उद्देश्य राखिएको छ। वातावरणीय चुनौतीहरू जस्तै वन विनाश, प्रदूषण र जलवायु परिवर्तन रोक्न र पृथ्वीलाई आउँदो पुस्ताका लागि सुरक्षित बनाइराख्न विश्व वातावरण दिवस मनाउनुको मुख्य लक्ष्य रहेको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
