नेपाल हेल्थ न्युज, गोरखा । गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् ।
आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरूको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए ।
उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै घरदैलोमा आँखाको गुणस्तरीय उपचार सेवा पुर्याउन सहज भएको गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि आँखाको समस्या झेल्दै आएका बिरामी निःशुल्क उपचारबाट आँखा देख्नसक्ने भएपछि खुसी भएका छन् । रासस
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
