नेपाल हेल्थ न्युज, काठमाडौं । आमाशय वा आन्द्राको भित्री भागमा विभिन्न कारणले कोतरिएर घाउ हुनुलाई अल्सर भनिन्छ विगतमा नेपाली समाजमा यो समस्या धेरे देखिन्थ्यो र शल्यक्रियाबाट धेरै उपचार गरिन्थ्यो । हेलिकोब्याक्टर (एच) पाइलोरी जिवाणु संक्रमणका कारण अल्सर हुने मुख्य कारण मानिएको छ । यो जिवाणु खाने नली र पाकाशयको एनट्रममा धेरै बसेको हुन्छ । यो दुषित खाना, पानी आदिबाट मानिसमा सर्छ । यो एक किसिमको सरुवा रोग हो ।
कतिपय व्यक्तिमा एचपाइलोरी संक्रमण हुँदैमा अल्सर भएको हुँदैन । तर एचपाइलोरी भएका व्यक्तिमा अल्सर हुने संभावना धेरै हुन्छ ।
धेरै चुरोटको सेवन, तनाव, व्यायाम नगर्ने व्यक्तिलाई अल्सर हुने सम्भावना हुन्छ । तर भाग्यवस अल्सरका लागि निकै प्रभावकारी औषधि मेडिकल बजारमा आइसकेका छन् ।
खासगरी एचपाइलोरी किटाणुलाई नै हटाउने एन्टिवायोटिक आइसकेकाले निर्मुल पार्ने थेरापी लिने, औषधि सेवन गर्ने र जीवनशैली परिवर्तन गरेमा अल्सर विना शल्यक्रिया पूरै निको बनाउन सकिन्छ ।
के ग्याँस्ट्रिक बिग्रेमा अल्सर हुन्छ ?
ग्याँस्ट्रिक बिग्रिएर अल्सर हुन्छ भन्ने धेरैको भ्रम पाइन्छ । तर त्यस्तो होइन । कोहीकोही मान्छेलाई सोझै अल्सर हुनसक्छ । कसैलाई जीवनभर ग्याँस्ट्राइटिसको समस्या भएर पेट डम्म फूलेर बस्ने र अल्सर नभए पनि अल्सर जत्तिकै पेट पोल्ने, दुख्ने जस्ता समस्या हुनसक्छ ।
औषधि खाएको ३ देखि ६ महिनासम्म कुनै पनि अल्सर निको नभएमा त्यस्ता अल्सर क्यान्सर हुनसक्छन् । खासगरी पेटको ग्याँस्ट्रिक अल्सर क्यान्सरमा परिणत हुने संभावना धेरै हुन्छ । त्यसैले यस किसिमका अल्सरलाई नियमित जाँच गराएर औषधि सेवन गरेर निको पार्नुपर्छ । यसरी औषधि सेवनबाट निको नभएमा शल्यक्रिया गरेर निकाल्नुपर्छ ।
लक्षण
- भोकै बस्न नसक्ने
- पेट दुख्ने
- पोल्ने
- खाना खाएपछि अलि आराम जस्तो हुने
- दुब्लाउने आदि ।
अल्सरको जटिलता
- ड्यूडेनम, सानो आन्द्राको अल्सरका कारण धेरै कम्प्लिकेशन भएपछि मात्र शल्यक्रिया गर्नुपर्छ । अन्यथा औषधिले निको हुन्छ ।
- पाकाशयको अल्सर क्यान्सरमा परिणत हुनसक्ने भएकाले राम्रोसँग उपचार गर्नुपर्छ । अन्यथा शल्यक्रियाको विकल्प हुँदैन ।
- ड्यडेनमको अल्सरका कारण धेरै कम्प्लिकेशन आउनसक्छ । यसले सानो आन्द्रा फूट्नसक्छ वा धेरै रगत जानसक्छ ।
- अल्सरका कारण आन्द्रा सुक्न पनि सक्छ । यस्तो समस्यामा तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।
औषधिले अल्सर
एकथरी अल्सरमा ब्लिडिङ हुने र फुट्नसक्ने समस्या आउनसक्छ । यसलाई नन स्टीरोइडल इन्ड्युस अल्सर भनिन्छ । यो औषधिका कारण हुने समस्या हो । आजकल सानो समस्या हुने वित्तिकै दुखाई कम गर्ने ब्रुफिन जस्ता औषधि खाने चलन छ ।
खाली पेटमा औषधि खान हुँदैन । कहिलेकाँही हामीले एउटा चक्की खाएर अल्सर फुटेका कारण भर्ना भएका बिरामीको पनि शल्यक्रिया गर्दै आएका छौं । खासगरी पेन किलर, नन स्टीरोइडल एन्टिइन्फ्लामेटरी औषधि खाँदा धेरै सावधानी अपनाउनुपर्छ ।
यी औषधिले गराउने अल्सर कम्पलिकेसन र अल्सर फुट्ने सम्भावना अलि बढि हुन्छ । यसको लागि शल्यक्रिया भन्दा अर्को विकल्प हुँदैन ।
ड्यूडेनल अल्सर
पाकाशय वा स्टोमक अल्सरको जटिलता भनेकै क्यान्सर नै हो । सानो आन्द्राको पहिलो भागलाई ड्यूडेनम भनिन्छ । ड्यूडेनममा अल्सर धेरै हुने भएकाले यसलाई ड्यूडेनल अल्सर भनिन्छ । त्यसैले यो अल्सर र पाकाशय वा स्टोमकमा हुने अल्सर हामीले छुट्याउन सक्नुपर्छ । स्टोमकमा हुने अल्सरको सबै भन्दा ठूलो चिन्ताजनक जटिलता भनेको स्टोमक क्यान्सर हो । ड्यडेनल अल्सरले अक्सर क्यान्सर गराउँदैन ।
रोकथाम
- हत्तपत्त पेनकिलर नखाने
- समयमा खाना खाने
- चुरोट नखाने
- चुरोट खाने व्यक्तिको पेटमा एच पाइलोरी पनि छ भने उसलाई अल्सर हुने सम्भावना ९५– ९९ प्रतिशत सम्म हुनसक्छ ।
- खाली पेट नबस्ने
- सँधै अल्कोहल नपिउने ।
अल्सरका बिरामीले के गर्ने र?
- समयमा खाने
- थोरै थोरै खाने
- वजन घटाउने
- चुरोट र मदिरा सेवन नगर्ने
- तनाव र चिन्ता कम गर्ने
- जीवनशैलीमा परिवर्तन ल्याउने
पेटको अल्सरका बिरामीले गर्न नहुने ?
- अत्यधिक तातो, चिसो खानाबाट टाढै बस्ने ।
- खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने ।
- तातो खाना छिटो छिटो नखाने ।
- धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने
- मानसिक तनाव र चिन्ता नलिने
- दुखाइ हटाउने औषधि आफूखुशी नखाने
(डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३
क्यान्सर उपचारका अत्यावश्यक औषधि ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
मंगलबार, जेठ २६, २०८३
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
मंगलबार, जेठ २६, २०८३

