नेपाल हेल्थ न्युज, चितवन । चितवनका दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ ।
भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो ।
भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उमेश नेपालले दैनिक ८५० बिमारीलाई बिहान ८ः ०० देखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिनुभयो ।
उनीहरुले भारतीय सीमा क्षेत्रबाट समेत यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिमारीको भार बढेको बताउनुभयो । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
