नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विविध पक्षमा छलफल भएको थियो।
सो अवसरमा मन्त्री मेहताले जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास तथा विभिन्न परियोजनामार्फत पुर्याउँदै आएको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभयो।
जर्मन पक्षबाट राजदूत भोल्जले वर्तमान परिस्थितिमा पनि नेपालको प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ।
भेटमा जर्मन सरकारका तर्फबाट केएफडब्ल्यु, जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
