नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले करार सेवामार्फत मेडिकल अधिकृत (आठौं तह) पदमा जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले आवेदन आह्वान गरेको छ।
प्रथम पटक प्रकाशित सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई तोकिएको मितिभित्र दरखास्त पेश गर्न आग्रह गरिएको छ। दरखास्त बुझाउने अन्तिम मिति २०८३ साल आषाढ २२ गते कार्यालय समयभित्र रहेको छ।
उम्मेदवारहरूले सम्बन्धित दरखास्त फाराम भरि आवश्यक कागजातहरू सहित पेश गर्नुपर्नेछ। आवश्यक कागजातहरूमा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (एम.बी.बी.एस. वा सो सरह), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजका तीन प्रति फोटो तथा परीक्षा शुल्क तिरेको भौचर समावेश छन्।
सूचना अनुसार पद संख्या आ.व. २०८३/८४ मा रिक्त हुने पदहरूको आवश्यकताअनुसार योग्यताक्रम सूचीबाट क्रमशः पूर्ति गरिनेछ। पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको उमेर सीमा तोकिएको छ।
परीक्षा लिखित रूपमा सञ्चालन गरिनेछ। प्रश्नहरू संघीय लोक सेवा आयोगले निर्धारण गरेको नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूहको आठौं तहको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमअनुसार बहुविकल्पीय स्वरूपमा हुनेछन्।
दरखास्त दस्तुर १,००० रुपैयाँ तोकिएको छ। उम्मेदवारहरूले तोकिएको बैंक खातामा रकम जम्मा गरी भौचर दरखास्तसाथ संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ। तलब तथा सेवा सुविधा नियमानुसार हुने जनाइएको छ।

यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३
कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह
बिहीबार, साउन १४, २०८३
