नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यसअनुसार कुल बजेटमा चालु खर्च ३५.५४ प्रतिशत र पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र वन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड र वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
साथै चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख र आन्तरिक ऋणबाट १ अर्ब ५० करोड रुपैयाँ जुटाइने सरकारको योजना छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदान ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ७० करोड गरी जम्मा १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान बजेटमा उल्लेख छ ।
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३
कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह
बिहीबार, साउन १४, २०८३
