नेपाल हेल्थ न्युज, काठमाडौं । जनकपुरमा सञ्चालित जानकी मेडिकल कलेजसँग सम्बन्धित कर्जा दुरुपयोग प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कलेजका सञ्चालक ओमप्रसाद पाण्डेसहित १२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ।
जेठ २० गते धनुषाबाट पक्राउ परेका पाण्डे रामजानकी हेल्थ फाउन्डेसनका सञ्चालकसमेत हुन्। सीआईबीको अनुसन्धान अनुसार उनले ‘सेल कम्पनी’ तथा कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको देखिएको छ।
अनुसन्धानका क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साइन्सेज प्रालि’ नामक कम्पनी खडा गरी सोही माध्यमबाट बैंक कर्जा लिई रकम अपचलन गरिएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
सीआईबीले जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डेसहित प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, कर्जा प्रमुख ऋवश श्रेष्ठ, मानव स्रोत विभागकी रश्मी श्रेष्ठ तथा कलेज सञ्चालकहरू हरिमान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, सुरेश कुमारी तिवारी र हरिकृष्ण भट्टचनलगायत १२ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ।
प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत २० करोड १७ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सुझाव दिएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को दफा १०३ अनुसार १ अर्ब २४ करोड रुपैयाँ बिगो दाबी गर्न राय दिइएको छ।
यसैगरी, अर्को छुट्टै मुद्दामा ७२ करोड ७७ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने सुझाव पनि सीआईबीले दिएको छ। अनुसन्धान प्रतिवेदन हाल काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको सीआईबीका एआईजी डा. मनोज केसीले बताएका छन्।
यस्तै, प्रभु ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचनलाई पनि प्रतिवादी बनाउन राय दिइएको छ। उनको हकमा मात्र १ अर्ब २८ करोड २६ लाख रुपैयाँ बिगो कायम गरी अभियोग दायर गर्न सिफारिस गरिएको प्रहरीले जनाएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
