नेपाल हेल्थ न्युज, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रेबिज संक्रमणका कारण ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।
केही हप्ताअघि कुकुरले टोकेपछि उनले रेबिज विरुद्धको खोप (एआरभी) नलगाएको बताइएको छ। पछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार बिरामी अस्पताल पुग्दासम्म रेबिज संक्रमण विकसित भइसकेको थियो।
“पहिलो टोकाइपछि भ्याक्सिन लगाइएको थिएन। रेबिज भइसकेपछि मात्रै अस्पताल आउनुभएको थियो,” उनले भने, “उहाँको शनिबार उपचारका क्रममा मृत्यु भएको हो।”
स्वास्थ्य विशेषज्ञहरूले कुकुर वा अन्य जनावरले टोकेपछि तुरुन्तै रेबिज विरुद्धको खोप लगाउन आग्रह गर्दै आएका छन्।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
