नेपाल हेल्थ न्युज, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रेबिज संक्रमणका कारण ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।
केही हप्ताअघि कुकुरले टोकेपछि उनले रेबिज विरुद्धको खोप (एआरभी) नलगाएको बताइएको छ। पछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार बिरामी अस्पताल पुग्दासम्म रेबिज संक्रमण विकसित भइसकेको थियो।
“पहिलो टोकाइपछि भ्याक्सिन लगाइएको थिएन। रेबिज भइसकेपछि मात्रै अस्पताल आउनुभएको थियो,” उनले भने, “उहाँको शनिबार उपचारका क्रममा मृत्यु भएको हो।”
स्वास्थ्य विशेषज्ञहरूले कुकुर वा अन्य जनावरले टोकेपछि तुरुन्तै रेबिज विरुद्धको खोप लगाउन आग्रह गर्दै आएका छन्।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
