नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायक निलम्बनमा परेका छन्। सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपहरू पुष्टि भएपछि अस्पताल प्रशासनले मंगलबार उनीहरूलाई निलम्बन गरेको हो।
निलम्बित कर्मचारीहरूमाथि सेवाग्राहीलाई मर्का पारेको तथा व्यावसायिक आचरण विपरीत कार्य गरेको आरोप लागेको छ।
निलम्बनसँगै अस्पताल प्रशासनले घटनाबारे विस्तृत छानबिन गर्न एक छानबिन समिति गठन गरेको अस्पतालका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिएका छन्।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
